नियम ३८
पदयात्रीसंग जाने नेपाली नागरिकलाई दिनु पर्ने सुविधा
(१) पदयात्रा गर्ने पर्यटक वा टोली वा पदयात्रा गराउने एजेन्सीले पदयात्रा प्रारम्भ गर्नु अघि साथै जाने नेपाली नागरिकको व्यक्तिगत
दुर्घटना वीमा गर्नु पर्नेछ ।
(२) पदयात्रा गर्ने पर्यटक वा टोलीले आफूसाथ जाने नेपाली नागरिकलाई नेपाल सरकारले निर्धारण गरेको रकम भन्दा कम नहुने गरी दैनिक पारिश्रमिक, आवश्यक लुगा तथा उपकरण समेतको सुविधा उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम बीमा गराउनु पर्ने व्यक्तिको बीमा नगराउँदै काममा लगाइएको कारणबाट दुर्घटना परी चोट पटक लागेमा, अंग भंग वा मृत्यु भएमा व्यक्तिगत दुर्घटना बीमा गराइएको भए निजले जेजति रकम पाउने थियो सोही बराबरको रकम निज वा निजको नजिकको हकवालालाई पदयात्रा गर्ने पर्यटक वा एजेन्सी वा टोलीले क्षतिपूर्तिको रूपमा दिनु पर्नेछ ।